१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

sarusaru
१७ मंसिर २०७५, सोमबार ०३:०६

काठमाडौं । साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन्। सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन्। उनी नवलपरासीका हुन्।

आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए। परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् ।

तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिईन्। ठट्टा सोच्दासोच्दै सत्य भयो। उनका साथीले भने। तिवारी हाईल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएका थिए। ती साथीहरुका अनुसार अरु बेला पनि उनी आत्महत्या गर्ने कुरा गरिरहन्थे।

अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिँन भन्थ्यो, उनका एक साथीले भने, जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरमगरम भन्थ्यो।,
नयाँ पत्रिका