१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालको जेलमा क्याडनाको अर्बपति

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७३, शनिबार ०३:१७

काठमाडौं । अर्नेष्ट फेनविक म्याकन्टोस क्यानडाको न्याय प्रशासनमा निकै चर्चित नाम हो । उनै म्याकन्टोसका कारण तीन वर्षअघि त्यहाँका प्रान्तीय कानुनमन्त्रीले राजीनामा दिनुपरेको थियो । तिनै ७२ वर्षीय म्याकन्टोस २० महिनादेखि नेपाली जेलमा छन् ।

राम्रो काम गरेर उनले क्यानडामा चर्चा कमाएका भने होइनन् । बाल यौनदुराचार र न्यायालयमा पैसाको धाकले प्रभाव जमाएका कारण उनले क्यानडामा हंगामा मच्चाएको समाचार छ ।

अर्वपति व्यापारी भएर पनि बाल यौनदुराचार मुद्दाका कारण उनी कुख्यात भएका थिए । जघन्य अपराधमा समेत क्यानडा अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि ठूलै विवाद गलेको थियो ।तिनै म्याकोन्टोस ४ पुस २०७१ मा ललितपुरबाट पक्राउ परेका थिए ।

ललितपुर जिल्ला अदालतले उनलाई सात वर्ष कैद सजाय सुनाएको छ ।पुल्चोकस्थित क्याफे ब्राजिल गेष्टहाउमा बस्दै आएका उनले विभिन्न प्रलोभनमा बालकहरुलाई आफ्नो कोठामा लैजाने र अप्रार्कतिक मैथुन गर्ने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
– नयाँ पत्रिकाबाट