१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेपत्ता १४ वर्षकी बालिका सुनसान घरभित्र

sarusaru
१७ मंसिर २०७५, सोमबार ११:४२

बिहीबार दिउँसोदेखि बेपत्ता भएकी १४ वर्षकी एक बालिका शनिबार आफ्नो घरदखि ५० मिटर पर रहेको अर्को सुनसान घरभित्र भेटिएकी छिन् । ती बालिका दुई दिसम्म चिसोमा भोक प्यास सहँदै बसेकी थिइन् । भोक, प्यास र चिसोका कारण उनका ओठ नीलो भैसकेका थिए । बालिका आफ्ना मातापिता सम्बन्धविच्छेद गरेर छुट्टिएको तथा हजुबुवा हजुरआमाको अत्याधिक कडाइका कारण डिप्रेसनमा थिइन् । यही कारण उनी घर छाडेर भागेकी थिइन् ।

पुलिसले शुक्रबार उनको घरको दराजबाट एउटा पत्र बरामद गरेको थियो । पत्रमा बालिकाले लेखेकी थिइनन् कि हजुरबुवा हजुरआमा र काकाकाकीले उनलाई कुटपिट गर्छन् । उनलाई साथीहरुसँग कुरा गर्न पनि दिँदैनन् र हरेक कुरामा कडाइ गर्छन् । यही कारण उनी घर छाडेर जाँदैछिन् । पत्रमा उनलाई खोज्ने कोसिस गरेमा उनले आत्महत्या गर्ने धम्की पनि दिएकी थिइन् । पत्रा उनले आफ्ना पितालाई निकै माया गर्ने उल्लेख गरेकी थिइन् । पुलिसले उनको बयान रेकर्ड गरेर उनलाई परिवारको जिम्मा लगाएको छ ।

पुलिसका अनुसार बिहीबार स्कुल गएकी बालिका घर फर्केकी थिइनन् । परिवारको उजुरीपछि अपहरणको मुद्दा दर्ता गरिएको थियो । बालिकाले मोवाइलमा धेरै कुरा गर्ने साथीहरुसँग सोध्दा कसैले पनि जानकारी नभएको बताएका थिए । शुक्रबार बालिकाको दराजमा भेटिएको पत्रले प्रस्ट भएको थियो कि उनको अपहरण भएको छैन र उनी आफ्नो इच्छाले नै घर छाडेर गएकी थिइन् । शनिबार अदालतमा बालिकाले पत्रमा लेखिएकै कुरा दोहोर्याइन् । उनले घर जाने इच्छा देखाएपछि उनलाई पितासँग घर पठाइएको छ ।

बालिका भेटिएको घरको छिमेकी घरमा बस्ने महिलाका कपडा दुई दिनदेखि हराइरहेका थिए । शनिबार बिहान उनी छिमेकी घरको कम्पाउण्डमा गएर सुकाएका कपडा खोज्दै थिइन् यही क्रममा उनले स्कुल ब्याग देखिन् । बालिका हराएको हल्ला पूरै साकेत नगरमा थियो त्यसैले उनले तत्काल प्रहरीलाई खबर गरिन् । पुलिस त्यो घरमा पुग्दा मुख्य ढोकामा बाहिरबाट ताला लागेको थियो । स्कुल ब्याग बालिकाकै थियो । पुलिस ब्याग लिएर फर्कन लागेका बेला एक घरको छतमा बसेकी महिलाले घरको पछाडि छाया देखिन् । उनले बालिकाको नाम लिएर बोलाएपछि बालिका फर्केर बाहिर निस्किन् । महिलाले पुलिसलाई रोकेर भनिन् कि बालिका त्यही घरमा छिन् ।

बालिकाका अनुसार उनी मातापितासँगै काकाकी र हजुरबुवा हजुरआमाको साथमा बस्थिन् । ४–५ वर्ष पहिले उनका मातापिताबीच झगडा भएको थियो । त्यसपछि उनकी आमा पटना माइत गइन् । हजुरबुवा हजुरआमाले उनलाई लिएर निकै कराइरहन्थे । २ वर्षअघि दिक्क भएर उनी आमासँग गएकी थिइन् तर आमाले उनलाई भोपाल फिर्ता पठाइन् । उनलाई कसैले पनि रुचाउँदैनथे । त्यसको २ महिनापछि पितालाई प्यारालाइसिस भयो । पिताले उनलाई निकै माया गर्ने तर पिता अशक्त भएपछि उनी निकै उपेक्षित भइन् । १ वर्षअघि फुपुले हजुरआमालाई फोन गरेर उनको धेरै केटाहरुसँग संगत भएको भन्दै गाली गर्न पठाइन् । त्यसपछि उनलाई हजुरबुवा हजुरआमा र काकाकाकीले एकनास गाली गरिरहन्थे ।
डिसी नेपाल