११ बैशाख २०८१, मंगलवार
Follow Us

पोखरा फाइनान्सको शाखा शारदानगरमा

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०७५, सोमबार १२:४५

भरतपुर । पोखरा फाइनान्स लिमिटेडको १९ औं शाखा भरतपुर महानगरपालिका वडा नं. १९ शारदा नगरमा खुलेको छ । विगत २०५३ साल देखि सेवाग्राहिलाई सेवा पुर्याउदै आएको फाइनान्सको १९ औं शाखाको उद्घाटन भरतपुर महनगरपालिका कि उपमेयर पावर्ती शांहले गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको उपमेयर शाहले फाइनान्स खोलनु कुनै ठुलो काम नभएको भन्दै यस्लाई निरन्तरता दिई छरीएको पुँजीलाई व्यवसायीक रुपमा अगाडी बढाउन सक्नु ठुलो कुरा रहेको बताउनु भयो । सबै कुराले सुविधा युक्त महानगर भए मात्र भरतपुर महानगरपालिका नामले मात्र होईन कामले पनि महानगर बन्ने र यसको लागि स्थानिय सरकारको हैसियतले भरतपुर महानगरपालिका पछाडी नहट्ने प्रतिवधता शाहले जायर गर्नु भयो ।

करिब २२ हजार निक्षेपकर्ताबाट ५ अर्ब निक्षेप संकलन गरी ४ अर्ब ४१ करोठ कर्जा लगानी गर्न सफल भएको यो पोखरा फाइनान्सको चुक्ता पुँजी रु ८५.७२ रहेको छ, भने आज शाखा उद्घाटनका दिन करिब १ सय जनाले बैंकमा खाता खोलेको पोखरा फाईनान्स लिमिटेड, शारदानगर शाखा प्रमुख सोहन सिंह गुरुङ्गले जानकारी दिनु भयो ।

पोखरा फाइनान्स लिमिटेडका सस्थापक अध्यक्ष भुवनसिं गुरुङ्गको अध्यक्षतामा भएको कार्र्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष कर्ण बहादुर गुरुङ्ग, वडा नं. १७ का वडा अध्यक्ष ललितमान तमाङ् र फाईनान्स कै प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङ्ग लगाएतले मन्तव्य राखनु भएको थिया ।