१३ बैशाख २०८१, बिहीबार
Follow Us

दुर्घटनामा एक जनाको मृत्यु

sarusaru
१८ मंसिर २०७५, मंगलवार ०४:५५

बेझाड – तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३०प ४१९३ नं को मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिनुभयो । मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ खोलामा खसेको थियो ।
रासस