१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रदेश ३ को स्थायी राजधानी तय गर्न मतदान हुने

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७५, मंगलवार ०६:११

हेटौंडा । ३ नम्बर प्रदेशको स्थायी राजधानी तय गर्न मतदान हुने भएको छ । सोमबार हेटौंडामा बसेको सर्वदलीय बैठकले राजधानी तोक्ने विषयलाई मतदान प्रक्रियामा लैजाने निर्णय गरेको हो । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका संयोजक एवं नेकपाका दीपक निरौलाले सहमति नभए प्रदेश सभा बैठकमा स्थायी राजधानी तोक्न भोटिङ्ग हुने अनौपचारिक सहमति भएको जानकारी दिए ।

समितिले सिफारिस गरेको पाँच जिल्लामध्येवाट राजधानी छान्नका लागि मतदान गर्ने तयारी प्रदेश सरकारको छ । आगामी पुस ७ गतेसम्म राजधानीका सबै बिषय टुङग्याउने तयारी प्रदेश सरकारको छ ।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले बर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तताका आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको छ । प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले निर्णय गर्ने संबैधानिक ब्यवस्था छ ।