७ बैशाख २०८१, शुक्रबार
Follow Us

थाहा पाइराख्नुहोस् यसपालिको दशैंबारे

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७३, शनिबार ०५:३६

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत विहान पौने नौ वजे रहेको पञ्चांग निर्णायक समितिको भनाई छ । कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २५ गते बिहान पौने ९ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बताउनुभयो । उत्तम साइत पौने ९ बजे भने पनि कोजाग्रत पूर्णिमाको दिनसम्म जतिबेला पनि टीका लगाउन सकिने उहाँले बताउनुभयो । अरु ठाउँमा पूर्णिमासम्म टीका लगाइए पनि धेरै ठाउँमा भने विजया दशमीको दिन मात्र टीका लगाउने चलन छ । आगामी १५ गते घटस्थापना सुरु भई २५ गते विजया दशमी र २९ गते कोजाग्रत पूर्णिमाका दिन यसवर्षको दसैँ सकिनेछ ।