११ बैशाख २०८१, मंगलवार
Follow Us

स्वर्गीय निशान भण्डारीको नाममा अक्षयकोष

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७५, मंगलवार २१:२६

लण्डन । स्वर्गीय निशान भण्डारीको नाममा अक्षयकोष स्थापना गरिएको छ । वर्मिगंघमस्थित एक विद्यालय अध्ययनरत फुटवलर भण्डारीको करिब २ वर्ष अघि फुटबल खेल्नेक्रममा निधन भएको थियो । उनको सम्झनामा सो अध्यक्ष कोष स्थापना गरिएको हो । १ लाख १ हजार १ सय ११ रुपैयाँको सो अक्षयकोष बाग्लुङको नगरपालिका ४ गल्कोटमा स्थित श्री खरूवा माध्यमिक विद्यालयमा अध्ययन गरि एसइइ परिक्षामा राम्रो नजिता ल्याउने विद्यार्थीहरुलाई छात्रावृद्धि हस्तान्तरण गरिने भएको शान्ति नेपाली समाजले जनाएको छ । अक्षयकोषको सो रकम हालै एक समारोहका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

सो अक्षयकोष शान्ति नेपाली समाजका अध्यक्ष लिला बहादुर थापाद्वारा एक समारोहका बीच हस्तान्तरण गरिएको थियो । अक्षयकोषको स्थापनाको निर्णय यसअघिको कार्यसमितिले गरेको थियो ।
– अन्जु पाठक