७ बैशाख २०८१, शुक्रबार
Follow Us

क्याट यूकेको आपतकालिन कोषको लागि ३५ लाख संकलन

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७५, मंगलवार २१:३४

लण्डन । चितवन एड ट्रस्ट ( क्याट) यूकेले आइतबार लण्डनमा गरेको आपतकालिन राहत कोष च्यारिटी कार्यक्रमबाट २२ हजार २ सय ९५ पाउण्ड जम्मा भएको छ ।
लण्डनको ह्यारो फुटबल क्लबमा संस्थाका अध्यक्ष देवेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य क्याट यूकेले परोपकारी कार्यहरु गर्दै आएकोमा प्रशंसा गरे ।

अध्यक्ष देवेन्द्र श्रेष्ठले अहिलेसम्म क्याट यूकेलाई माया गरेर सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिंदै भविष्यमा पनि यसरी नै सहयोग पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्षद्वय पुनम गुरुङ, शेर सुनार काउन्सिलर लक्ष गुरुङ, समाजसेवी गायत्री श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा एनआरएनए आईसिसी सदस्य रामशरण सिमंखडा, एनआरएनए यूके उपमहासचिव विनय अधिकारी, बिबिसी नेपाली सेवाका भगिरथ योगी, पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम लुर्इंटेल र महासचिव संजय कण्डेल, यती नेपाली एशोशिएसनका कावा अध्यक्ष शशिधर नेपाल, बेलायतस्थित ईन्जिनियर एशोसिएसन, चार्टर एकाउन्टेन एशोशिएसन लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरू, समाजसेवीहरू शिवजी श्रेष्ठ , विश्व आदर्श पण्डित , लोक गुरुङ, कृष्ण तिमिल्सिना, मिलन ज्ञवाली लगायतको उपस्थिति थियो ।

चर्चित हास्य कलाकार मनोज गजुरेलले व्यंग्यात्मक प्रहसनमार्फत सबैलाई हसाएका थिए । नेपालबाट आएकी गायिका सरिता गुरुङ श्रेष्ठले आफ्नो प्रस्तुती दिएकी थिइन् ।

कार्यक्रमका सञ्चालक तथा च्यारिटी कार्यक्रम संयोजक शान्तविनोद लामिछानेले गरेका थिए ।