१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी साँझ

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७५, मंगलवार २१:४१

लण्डन । गुल्मी जिल्ला समाज यूकेले लण्डनमा आयोजना गरेको च्यारिटी कार्यक्रमबाट १० हजार पाउण्ड बढि कोष जुटाइएको छ ।

विश्व अपांगता दिवसको अवसरमा समाजले हरेक वर्ष गर्दै आएको च्यारिटी कार्यक्रम आइतबार लण्डनको वुल्वीचस्थित लोटस क्लबमा सम्पन्न भएको थियो ।

समाजका कोषाध्यक्ष तारानाथ भण्डारीका अनुसार कार्यक्रमका लागि सहयोगदाताहरुबाट ७ हजार ३ सय पाउण्ड तथा कार्यक्रमस्थलमा ३ हजार गरी कुल १० हजार ३ सय पाउण्डको सहयोग जुटेको छ ।

च्यारिटी कार्यक्रममा प्रथम नौमती बाजा गुल्मी युके समुह , एनआरएन यूके र मगर संघ यूकेको पनि सहकार्य थियो ।

कार्यक्रममा प्रमुख अतिथि लण्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदीले विभिन्न कामको शिलशिलामा गुल्मीबाट बेलायतमा आएर बसोबास गरिरहेका गुल्मेलीहरुले आफ्नो जन्मभुमिलाई सम्झिएर सहयोगको हात बढाउनु सह्रानीय कार्य रहेको धारणा व्यक्त गरे ।

विशेष अतिथि आशा अपांग केन्द्र तम्घासकी सञ्चालिका गंगा रायमाझीले झण्डै एक दशकदेखि गुल्मी जिल्ला समाज यूकेले लगातार रुपमा केन्द्रलाई प्रदान गरिरहेको सहयोगका लागि आभार प्रकट गरिन् ।

एनआरएन युकेका उपाध्यक्ष प्रेम गाहा मगरले गुल्मी जिल्ला समाजले सामाजिक क्षेत्रमा उदाहरणीय कार्यहरु गरेको भन्दै यस्ता परोपकारी कार्यका लागि सहकार्य गर्न एनआरएन सधै तयार रहेको बताए ।

कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष राम गलामीले पवित्र उद्धेश्य राखेर समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा र पूर्व अध्यक्ष अर्जुन गौतमले समाज स्थापनाको पृष्ठभुमिदेखि अपांगता दिवस च्यारिटी कार्यक्रमको अवधारणासम्मका विषयमा जानकारी गराएका थिए । दुवै खुट्टा गुमाएर पनि साहसिक पर्वतारोहण गरिरहेका भूपू गोर्खा हरि बुढा मगरले प्रेरणादायी मन्तव्य दिएका थिए ।

कार्यक्रममा विभिन्न अपांगता भएका कलाकारहरुले समेत प्रस्तुति दिएका थिए । उनीहरुमध्ये अमृता गिरी गजुरेलले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने बियंका पुनले गीत र एलिसा रानाले कविता वाचन गरेकी थिइन् ।

कार्यक्रममा काठमाडौंस्थित ग्रिन सिटी अस्पतालका निर्देशक एलबि टण्डनले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको सुरुमा समाजका उपाध्यक्ष तथा पत्रकार फडिन्द्र भट्टराईले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई समाजको तर्फबाट स्वागत गरेका थिए ।
महासचिव शिव भण्डारी र प्रवक्ता मञ्जु भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए । सचिव बिर बलालले हेल्थ एण्ड सेफ्टी ब्रिफ गराएका थिए ।

कार्यक्रमको दोस्रो चरणमा लोकदोहोरी गायिका सुशिला गौतमले विभिन्न गीतहरु प्रस्तुत गर्दै सहभागीहरुलाई निकैबेर नचाएकी थिइन् ।

त्यस्तै, समाजका सल्लाहकारहरु मोती भण्डारी, बालजंग अर्याल, कमल भण्डारी, विनोद ज्ञवाली, केशव भण्डारी, दासुराम पाण्डे, रोमनाथ पाण्डे, रणबहादुर केसी, फत्त थापा, मिन दर्लामी, खड्क रेश्मी, दुर्गा पाण्डे, झपट भुजेल, मतिप्रसाद पुन लगायत पनि कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा सहभागी हुन लण्डन र आसपासका क्षेत्रहरुबाहेक बर्मिंगहम, नटिंगहम, लेस्टर र वेल्सबाट समेत गुल्मेलीहरु लण्डन आएका थिए ।