१२ बैशाख २०८१, बुधबार
Follow Us

आज यो वर्ष हालसम्मको दोस्रो चिसो दिन

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७५, बुधबार ०५:३९

काठमाडौं । उपत्यकाको आज यो वर्ष हालसम्मको दोस्रो चिसो दिन भएको छ । बुधबार बिहान ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । यो वर्ष हालसम्मको दोस्रो सबैभन्दा चिसो मापन गरिएको हो । मंगलबार न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मंगलबार अधिकतम तापक्रम १९.८ डिग्री सेल्सियस मापन भएकोमा बुधबार १७ देखि १९ डिग्री सेल्सियसको बिचमा अधिकतम तापक्रम रहने विभागको अनुमान छ । बुधबार देशका पूर्वी र पश्चिमि भूभागका साथै मध्य पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी भूभागमा सामान्य हिमपातको पनि सम्भावना रहेको र अन्य क्षेत्रमा सामान्यतया मौसम सफा रहने महाशाखाको अनुमान छ । तराई क्षेत्रमा बिहान हुस्सु लागेको भएपनि मध्यान्नपछि घाम लाग्ने र राती पहाडी भूभागमा आंशिक बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने अनुमान मौसमविदको छ ।