१६ चैत्र २०८०, शुक्रबार
Follow Us

साउदीमा नेपाल प्रवद्र्धन मेला

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७५, बुधबार ११:५८

काठमाडौं । साउदी अरबको रियादस्थित नेपाल, बङ्गलादेश र भारतका दूतावासले आ–आफ्नो देशको प्रवद्र्धन गर्न संयुक्त रुपमा यही शुक्रबार विशेष मेला आयोजना गर्ने भएका छन् ।

ती दूतावासका कूटनीतिक कर्मचारीका श्रीमतीद्वारा आयोजना हुने उक्त विशेष मेला रियादस्थित बङ्गलादेशको दूतावासमा हुनेछ । उक्त मेलामा नेपालको पर्यटन, संस्कृति, हस्तकला एवं खानाका परिकारको प्रदर्शनी गरी नेपाल र नेपाली उत्पादनको प्रवद्र्धन गरिने रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले नेपाल प्रवद्र्धन हुने उक्त कार्यक्रममा सहभागी हुन साउदीमा रहेका सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ ।