७ बैशाख २०८१, शुक्रबार
Follow Us

ट्रेण्डिङमा ‘तिम्ले बाटो फे-यौ अरे–२’ (भिडियोसहित)

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७५, बुधबार १२:२३

काठमाडौं । गीतकार दर्पण राईको चर्चित गीत ‘तिम्ले बाटो फे¥यौ अरे’को सिक्वेल सार्वजनिक भएको छ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले स्वर रहेको ‘तिम्ले बाटो र्फेयौ अरे–२’ गीतको भिडियो यु–ट्युबमा सार्वजनिक केही घण्टामै ट्रेण्डिङमा परेको छ । यो गीत सोमबार साँझ सार्वजनिक गरिएको हो ।

गीतकार तथा मोडल दर्पणले आफ्नो गीत ‘तिम्ले बाटो फे¥यौ अरे’ लोकप्रिय भएप्छि त्यसको सिक्वेल ल्याएका हुन् । पहिलो गीतलाई गायक राजेशपायल राई र गायिका मेलिना राईले छुट्टाछुट्टै मेल÷फिमेल भर्सन गाएका थिए । यसको सिक्वेल मेलिनाले गाएकी छन् । जुन गीतलाई प्रथम नेपाल आइडल समेत रहेका गायक विक्रम राईले संगीत गरेका हुन् ।
फरक शैलीमा निर्माण गरिएको उक्त भिडियोमा गीतकार तथा मोडल दर्पण राई नै फिचर्ड छन् । यस गीतलाई पनि दर्शक तथा श्रोताको रुचाएका छन् । भिडियोमा गायिका मेलिनाकै अन्तरभाव देखाइएको छ । यस गीतलाई २४ घण्टा नवित्दै करिब डेढ लाखले हेरेका छन् ।

‘तिम्ले बाटो फेर्यौ अरे’को दोस्रो गीतलाई लिएर गीतकार दर्पणसँगै गायिका मेलिना उत्साहित छिन् । ‘मलाई यो स्थानमा पुग्न तिम्ले बाटो फेर्यौ अरे’ले निकै सहयोग पुर्याएको छ’ मेलिना भन्छिन्, ‘यसपटक पनि यो गीत श्रोता दर्शकले रुचाएका छन् ।’

यस गीतको भिडियोलाई शान थापाको निर्देशन गरेका हुन् । भिडियोले अनिल के. मानन्धरले खिचेको यस भिडियोका लागि राजिव समरको कोरियोग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।