१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरला नाका खोल्न कूटनीति पहलको खाँचो : मन्त्री गौचन

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७३, शनिबार १४:११

मुस्ताङ । वाणिज्य मन्त्री रोमी गौचन थकालीले सरकारले कोरला नाका खोल्न कुटनीतिक पहलको खाचो रहेको बताउनु भएको छ । मन्त्री बनेपछि पहिलो पटक उहाँकै गृहजिल्ला मुस्ताङ भ्रमणकाक्रममा जोमसोम गाउँ मुखिया समाजले गरेको कार्यक्रममा गौंचनले सरकारले कुटनीतिक पहल थाले अबको दुई बर्षभित्रै कोरला नाका खुलिसक्ने दाबी गर्नुभएको हो । नेपाल र चीनबीच व्यापारिक हिसाबले महत्वपूर्ण मानिएको मुस्ताङको कोरला नाका कहिले खुल्छ भन्ने सर्वाधिक चासोको बेला उहाँले नाकालाई दिर्घकालिन तरिकारले संचालनको वातावरण मिलाउन आफूले पहल गर्ने दाबीसमेत गर्नुभएको हो । उहाँले मुस्ताङ पर्यटनका लागि प्रचुर सम्भावना भएको जिल्ला भएको बताउदै कोरला नाकामार्फत भारत र चिनसँग व्यापार, पर्यटन विस्तार गरी दोहोरो फाईदा लिन सकिने बताउनु भयो । त्यसका लागि मुस्ताङ्को पूर्वाधार सडक विस्तार गर्न आफूले सक्दो सहयोग गर्नेसमेत मन्त्री गौचनले बताउनु भयो ।
नाकाबन्दीका समयमा कोरला नाका संचालन आवश्यक महशुस गर्दै सरकारले कोरला नाकासम्मै ट्रयाक खोल्ने काम सम्पन्न गरिसकेको छ । तथापि, फ्रि तिब्बतको विपक्षमा रहेको चिन कोरला नाका खोले आन्दोलनमा सहयोग पुग्ने भन्दै कोरला नाका खोल्न अझैसम्म तयार भएको छैन । नाका खोल्न चीन र नेपालबीचको द्धिपक्षिय वार्ता नमिलिरहेको सन्दर्भमा चीनको सिमामा पर्ने मुस्ताङको कोरला नाका खोल्न मुस्ताङ्बासी मन्त्री गौचन सफल सावित हुने आशा गरिएको छ । विगतमा पनि मन्त्री गौचन भारत र चिनसँगको कुटनीतिक सम्बन्ध विस्तार गर्न सफल मानिनु भएको थियो ।
मुस्ताङको सात दिने भ्रमणका क्रममा मन्त्री गौचनलाई जोमसोम गाउँ मुखिया समाज, युवा वर्ग, आमा समूह, विभिन्न स्कुल, कलेज, संघसंस्था र शिक्षक प्रतिनिधिलगायतका मुस्ताङ्बासीले भव्य स्वागत गरेका छन् ।