१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन यूकेको टोलि बेलायती प्रधानमन्त्री कार्यालयमा

नेपालब्रिटेन डट कम्
१९ मंसिर २०७५, बुधबार १९:१९

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोलीले बेलायती प्रधानमन्त्री टेरेसा मेलाई ज्ञापन पत्र बुझाएको छ । संघले जनगणनामा नेपालीको पहिचान उल्लेख गर्न माग गर्दै सो ज्ञापन पत्र बुझाइएको हो ।

प्रधानमन्त्रीको निवास १० डाउनिङ्ग स्ट्रिटमा पुगेर एनआरएन यूकेले बुधवार दिउसो ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापपत्र बुझाउन एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, रसमोर बरो काउन्सिलका डेभीड ल्कीफोर्ड र सुर्य गुरुङ ,संगीता मरहट्टा ,एनआरएन युकेका उपाध्यक्ष पुनम गुरुङ, शेरबहादुर सुनार, प्रेम गाहा मगर,ललित कुमार नौपने ,सुशिल राई,महासचिव आर के त्रिपाठी, रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेलवासे,काउन्सिलर लक्ष्य गुरुङ, ज्ञाम गुरुङ, नारायण गाउँले, पवन शर्मा, गुरुङ, मिन गुरुङ, एनआरएनए उपाध्यक्ष कुल आचार्य, दयानिधि सापकोटा, कमल पौडेल, बाचस्पति रेग्मी, एनआरएन युकेका पदाधिकारी, सल्लाहकार एवं सदस्यहरु बेलायत प्रधानमन्त्री कार्यालयको आगाडी करीब दुइ सयको हाराहारीमा नेपाली उपस्थिति रहेको थियो ।

ज्ञापनपत्रमा बेलायतमा सन् २०२१ मार्च महिनामा हुन गइरहेको जनगणनामा एसियन मात्र नभएर नेपाली क्याटागोरी राख्न माग गरिएको छ ।