१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्मलाको हत्यारा काठमाडौंबाट पक्राउ

नेपालब्रिटेन डट कम्
१९ मंसिर २०७५, बुधबार १९:५६

काठमाडौं । कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या काण्डमा संलग्न रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ । कञ्चनपुर घर भएका २२ बर्षीय युवकको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिकाको शव गत साउन ११ गते फेला परेपछि उनी कञ्चनपुरमा नदेखिएको सीआईवीको दावी छ ।

परिवारका सदस्यले भने युवक भारत गएको प्रहरीलाई बयान दिएका थिए । तर सीआईवीको टोलीले उनलाई हिजो साँझ काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले ती युवकलाई सार्वजनिक भने गरेको छैन । प्रहरी उच्च स्रोतका अनुसार ती युवकको डीएनए परिक्षणका लागि नमुना समेत संकलन गरी विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

डीएनए रिपोर्ट नआएसम्म युवक हिरासतमा रहने प्रहरीले जनाएको छ । कञ्चनपुर काण्डमा युवकको भुमिका शंकास्पद देखिएको र उनी यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको अनुसन्धानमा खटिएको ब्यूरोको दावी छ ।