७ बैशाख २०८१, शुक्रबार
Follow Us

मोटरसाइकल चोरेको अभियोगमा एक महीनापछि पक्राउ

sarusaru
२० मंसिर २०७५, बिहीबार ०३:५०

भक्तपुर – गत कात्तिक १९ गते राति घरको कम्पाउण्डबाटै मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले एक महीनापछि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहट गुजरा नपा वडा नं ४ कनकपुरका १९ वर्षीय शेख समसुद्दिन र सोही ठाउँका २३ वर्षीय सेख नयाज रहेका छन् ।

भक्तपुर महानगरीय प्रहरी परिसर, रौतहटको चन्द्रपुर इलाका प्रहरी कार्यालय टोलीले रौतहटबाटै भक्तपुरको चाँगुनारायण नगरपालिका–४ हलचाप बस्ने ध्रुव श्रेष्ठको बा९६प १७७० नंको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको भक्तपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई कारवाहीका लागि बुधबार भक्तपुर जिल्ला अदालतमा मुद्दामा म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको जनाइएको छ ।

स्वयंसेविकालाई शतप्रतिशत रकम थप

सूर्यविनायक नगरपालिकाले नगरक्षेत्रमा लामो समयदेखि सेवा पु¥याउने अवकाशप्राप्त महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध हुने सुविधामा शतप्रतिशत रकम थप गरी वितरण गरेको छ ।

पन्ध्रौँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बुधबार आयोजित स्वयंसेविका सम्मान कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले अवकाश प्राप्त महिला स्वयंसेविकाका लागि केन्द्रीय सरकारले प्रतिव्यक्ति रु २० हजारका दरले रकम उपलब्ध गराएकामा नगरपालिकाका तर्फबाट पनि प्रतिव्यक्ति रु २० हजार थप गरी वितरण गर्नुभएको हो ।

उनीहरूको मागअनुसार नगरप्रमुख थापाले यसै वर्षदेखि स्वयंसेविकालाई छाता र एकजोर जुत्तासमेत वितरण गरिने घोषणा समेत गर्नुभयो । कार्यक्रममा नगरपालिकामा उत्कृष्ट काम गर्ने आठ स्वयंसेविकालाई सम्मान गरिएको थियो
रासस