१२ बैशाख २०८१, बुधबार
Follow Us

तेल भर्ने क्रममा दुई अमेरिकी विमान ठोक्किए, ६ नौसैनिक बेपत्ता

sarusaru
२० मंसिर २०७५, बिहीबार ०३:५५

टोक्यो। जापानमा बिहीबार बिहान तेल भर्ने क्रममा २ अमेरिकी लडाकू विमान ठोक्किएका छन् । एफ–१८ लडाकू विमान र सी १३० ट्यांकर ठोक्किँदा ६ नौसैनिक बेपत्ता छन् । अमेरिकी रक्षा विभागका अधिकारीका अनुसार दुर्घटना जापानको तटबाट ३ सय किलोमिटर पर इवाकुनी एयर स्टेशनमा भएको हो । एक एयरम्यानको उद्धार गरिएको छ । बाँकी नौसैनिकको बारेमा जानकारी प्राप्त भएको छैन ।

नौसैनिकको खोजी अभियान जारी छ । सी ३० मा ५ र एफ १८ मा दुई सैनिक तैनाथ भएको बताइएको छ । जापानले पनि खोजीको लागि ४ एयरक्राफ्ट र ३ पानीजहाज खटाएको छ । अमेरिकी सैनिक विभागका अनुसार यस्ता उडान नियमित प्रशिक्षणको हिस्सा हुन् तर बिहीबार दुर्घटना भयो । दुर्घटनाको जाँच भइरहेको छ ।
डिसी नेपाल