June 6, 2020
10:03 PM | 2:48 AM

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  6th December 2018 मा प्रकाशित

चितवन – भरतपुर महानगरपालिका–३ को बाह्रघरेमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको तिलोत्तमाका ४० वर्षीय चन्द्रसिंह चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार न्यूरोडबाट बिहान १ बजे बाह्रघरेतर्फ जाँदै गरेको ना५९प २९९८ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि घाइते चौधरीको उपचारका लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
रासस

प्रतिक्रिया