११ बैशाख २०८१, मंगलवार
Follow Us

कोल्मा बाहकोट युके समाजले गर्यो मिर्गौला पीडितलाई ९ लाख सहयोग

नेपालब्रिटेन डट कम्
२० मंसिर २०७५, बिहीबार ०८:१५

पोखरा । स्याङ्जाका एक मिर्गौला पीडितलाई कोल्मा बाहकोट युके समाजले ९ लाख सहयोग गरेको छ।

स्याङ्जाका अतित गुरुङलाई विदेशमा बस्ने नेपालीहरुले झण्डै ९ लाख सहयोग गरेका हुन्। स्याङ्जा कोल्माबाहकोटका २४ वर्षीय अतितको काठमाडौंको मानव अंग प्रत्यारोपण केन्द्रमा नियमित डायलाइसिस हुन्छ।

अहिले अतितको जीवन बचाउन उनको गाउँ स्याङ्जा बाहकोटबाट युके गएर बसेका आफन्त र शुभचिन्तकले अभियान चलाएका छन्। त्यही अभियानबाट उठेको रकम कोल्मा बाहकोट युके समाजले मंगलबार झन्डै ९ लाख रुपैयाँ बुबा ईन्द्रबहादुरलाई हस्तान्तरण गरेका छन्।

कोल्मा बाहकोट समाजको अभियानमा युकेबाट झण्डै सय जनाले साथ दिएका छन्। समाजको कोषाध्यक्ष महेन्द्र गुरुङले बिहीबार ८ लाख ९८ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्।