१३ बैशाख २०८१, बिहीबार
Follow Us

फिनल्याण्डमा रचना वाचन

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०७५, बिहीबार १२:५५

काठमाडौं । कवयित्री एवम् गीतकार पुष्पा खनालले आफ्ना कविता र गीत सिर्जना फिनल्याण्डस्थित कुपिओ शहरमा साहित्यानुरागीका बीचमा प्रस्तुत गर्नुभएको छ । पहिलो पटक स्वदेशबाहिर अङ्ग्रेजी भाषामा अनुवाद गरिएका आफ्ना रचनालाई सो शहरमा बुधबार प्रस्तुत गरिएको कवयित्री खनालले जानकारी दिनुभयो ।

सो कार्यक्रममा दुई दर्जनभन्दा बढी रचना वाचन गरेको उहाँले बताउनुभयो । सर्जक खनालले हालसम्म दुई सयभन्दा बढी गीत तथा कविता रचना गरिसक्नुभएको छ । उहाँका विभिन्न गीत रचना गायक अञ्जु पन्त, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सरोज कोइराला लगायतले स्वर भरिसक्नुभएको छ ।

नेपाली कला, संस्कृति र समाज चिन्न र बुझ्न कवयित्री खनालका एकल कविता वाचनले सहयोग गरेको बताइएको छ । कार्यक्रममा फिलिपिन्सका नागरिक तथा त्यहाँ रहेका नेपालीको सहभागिता थियो ।