६ बैशाख २०८१, बिहीबार
Follow Us

मिर्गौला रोगका लागि आयुर्वेदिक उपचार वरदानसावित

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७३, आईतवार ०५:३२

काठमाडौं । मिर्गौला समस्याका कारण धेरैले अकालमा जीवन गुमाउनुपरेका घटना पछिल्लो समयमा आइरहेका छन् । आयुर्वेद उपचारपद्धति मिर्गौला उपचारका लागि वरदान सावित हुँदै आएको छ । आयुर्वेद उपचार पद्धतिले राम्रो स्वास्थलाभ लिएर पहिलेकै अवस्थामा खुसी जीवन बिताइरहेका धेरै मानिस छन् ।

गत वैशाखमा काठमाडौँ नयाँबजारका ५७ वर्षीय टीका राणालाई असहज महसुस भयो । त्यसपछि उहाँ उपचारका लागि अस्पताल जानुभयो । डाक्टरको उत्तर सुनेर उहाँलाई झन असजिलो भयो । उहाँले भन्नुभयो – “डाक्टरले दुवै मिर्गौला छैन भनेको सुन्दा म झसङ्ग भए, त्यही ढल्छु जस्तो भयो तर मैले त्यहाँ डायलासिस गरिन, आयुर्वेद उपचार गर्न आएँ ।”

राणालाई उपचार गर्ने वैद्यलाई देख्दा भगवान् भेटेजस्तो महसुस हुन्छ आजभोलि । “जीवन दिने नै भगवान् हो, नयाँ जिन्दगी पाएर खुसी छु” – हँसिलो मुहारमा उहाँले थप्नुभयो । उहाँ पहिलाको जस्तै सम्पूर्ण काम गर्न सक्नुहुन्छ ।

कुपन्डोल गुरुद्वार नजिकै रहेको श्री गणेश आयुर्वेदीय औषधालय प्रालिमा पुगेर उहाँले परामर्श लिएर औषधि खान सुरु गर्नुभयो । सुरुमा उहाँको क्रिटिनाइन ७.८ थियो । उपचारपछि क्रमशः २.९, २.८ हुँदै अहिले पाँच महिनामै सामान्य अवस्थाको जस्तै २.२ मा झरेको छ । मानिसको शरीरमा क्रिटिनाइन १.४ सामान्य मानिन्छ ।

राणाजस्तै भक्तपुर ठिमी–१७ का ६४ वर्षीय लालबहादुर कार्कीलाई पनि आयुर्वेदिक औषधिले राम्रो सुधार भइरहेको छ । उहाँले उपचार गर्न सुरु गरेको दुई वर्ष भयो । “वैद्यले दिएको औषधिले राम्रो सुधार भएको छ” – कार्कीका छोरा सुवास कार्कीले भन्नुभयो । सुरुमा उहाँको क्रिटिनाइन ४.४ थियो । अहिले २.२ छ ।

मकवानपुरका २२ वर्षीय अरुण लामालाई आयुर्वेदिक औषधिको प्रयोगले निकै राम्रो भएको छ । एकवर्षअघि औषधि सुरु गर्दा उहाँको क्रिटिनाइन ६.८ थियो । अहिले ४.२ हुँदै २.१ मा झरेको छ ।

“दैवलाई पनि मिर्गौलाको रोग नलागोस्, कम हुँदैछ, ठीक हुन्छ, विस्तारै कम हुँदैछ” – लामाले भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र) कृषि विभागका अध्यक्ष ६५ वर्षीय चित्रबहादुर श्रेष्ठले पनि आयुर्वेदिक औषधि निरन्तर सेवन गरिरहनुभएको छ ।
त्यस्तै, दाङका ५३ वर्षीय लीला दाहालले पनि आयुर्वेदिक औषधि नै सही लागेको सुनाउनुभयो । उहाँले तीन वर्षदेखि मिर्गौलाको उपचार निरन्तर गराइरहनुभएको छ । उहाँको क्रिटिनाइन सुरुमा ३.४ थियो । अहिले २.१ छ ।

आयुर्वेदिक उपचार हेमोडायलासिस नगरेकाका लागि मात्र गरिन्छ । सस्तो र घरमै बसेर उपचार गर्न सकिन्छ । मासिक रु पाँच हजारको औषधि प्रयोग गरी वैद्यको सल्लाहअनुसार खान नहुने भनिएका खाना नखाएमा छिट्टै कम हुँदै जान्छ ।
गणेश आयुर्वेदीय औषधालय प्रालिका अध्यक्ष तथा वैद्य गणेशबहादुर राउतका अनुसार मिर्गौला खरावी प्रत्येकलाई फरक फरक कारणले हुन्छ । थाहा पाउनका लागि बिरामीको सूक्ष्म तरिकाले अध्ययन गर्नुपर्छ । मिर्गौला रोगका लक्ष्यण पिसाब कम लाग्ने, पानी कमी, वाकवाकी लाग्ने र गोडा सुन्निने हुन्छ ।

“आयुर्वेद पद्धतिबाट उपचार गर्दा बिरामीको गहन अध्ययन गर्नुपर्ने हुन्छ, त्यहीअनुसार उपचार पद्धति आवश्यक छ, परामर्शपछि चेतना र औषधि समानान्तर भएमात्रै राम्रो परिणाम आउँछ” – वैद्य राउतले भन्नुभयो ।

वैद्य राउतले २०४५÷४६ सालमा विश्व स्वास्थ्य सङ्गठनको सहायतामा १५ महिने आयुर्वेदीय तालिम लिएर निरन्तर खोज अनुसन्धानमा लागिपरी मिर्गौला खराबी हुँदा क्रिटिनाइन बढ्न नदीन काम गरिरहनुभएको छ । उहाँको उपचार पद्धतिबाट क्रिटिनाइन भर्खर बढ्न सुरु भएकालाई दुई÷चार महिनामा सामान्य हुन्छ । अत्यधिक बढेको छ भने केही समय लाग्न सक्छ ।

उहाँका अनुसार यो पद्धतिबाट उपचार गर्दा ज्यान जोगिन्छ । आर्थिक भारबाट जोगिन सकिन्छ । घरमै बसीबसी स्वास्थ्य लाभ गर्न सकिन्छ । जसले गर्दा मिर्गौला पीडितका आफन्तको पीडा कम हुन्छ ।

आयुर्वेदीय विज्ञानद्वारा, आधुनिक मेडिकल ल्याबद्वारा र बिरामीको आफ्नो अनुभूति समयमै सम्पर्क राखेमा मिर्गौला समस्या आवश्यकता विशेष परामर्श लिएमा बिरामीले स्वच्छ जीवन जीउन सक्ने उहाँको भनाइ छ ।

मिर्गौला बिरामी भनेपछि निराश गराउने पनि घातक हो । यो राष्ट्रिय समस्या भएर बढिरहेको हुनाले समाधानका लागि नेपाली उत्पादनलाई प्रवद्र्धन तथा अध्ययन गर्नु आवश्यक छ ।

आयुर्वेद मौलिक उपचार पद्धति हो । एकातिर राज्यले आयुर्वेद उपचारलाई वैकल्पिक पद्धतिमा राख्दा यो ओझेलमा परेको छ भने अर्कातिर नेपालमा मिर्गौला रोग राष्ट्रिय समस्याका रुपमा विकसित भइरहेको छ । मिर्गौलाका बिरामी घर खेत सर्वस्व बुझाएर पनि अलपत्र परिरहेका छन् ।
पश्चिमा मुलुकहरु आयुर्वेद खोजिरहेका छन् तर नेपालमा आयुर्वेदको मातृभूमि भएर पनि राज्यले त्यसको संरक्षण नगरेको राउतको गुनासो छ । आयुर्वेद चिकित्सा पद्धतिको विकास भएमा चिकित्सा पर्यटन प्रवद्र्धन गर्न सकिने उहाँको धारणा रहेको छ ।
– कालिका खड्का