११ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेस बैठकमा भण्डारीद्वारा हिन्दु राष्ट्र माग

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७५, शुक्रबार ०५:५६

काठमाडौं । केन्द्रीय सदस्य शंकर भण्डारीले कांग्रेस केन्द्रीय समिति बैठकमा हिन्दु राष्ट्र राख्न माग राखेका छन् । केन्द्रीय सदस्य भण्डारीले पार्टीको राजनीतिक प्रस्तावमा हिन्दू राष्ट्रको माग राखेका हुन् । नवलपराशीको त्रिवेणीमा सम्पन्न महासमिति बैठकमा ५४१ जना प्रतिनिधिले पेश गरेको प्रस्तावलाई सम्वोधन गरिने आश्वासन दिइए पनि कुनै प्रगति नभएकाले पार्टीको राजनीतिक प्रस्तावमा उक्त विषय समावेश गरिनु पर्ने बताएका हुन् ।

प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रीत नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा आठजना केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका थिए ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, दिलबहादुर घर्ती, डा. मीनेन्द्र रिजाल, शङ्कर भण्डारी, जीवन परियार, वीरबहादुर बलायर, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा तथा केन्द्रीय आमन्त्रित सदस्य हसन अन्सारीले आआफ्नो धारणा राखेका थिए ।

आर्थिक नीति सम्बन्धी प्रश्ताव पेश भएपनि राजनीतिक प्रश्ताव भने बैठकमा पेश भएको छैन । उपसभापति विमलेन्द्र निधि मुलुक बाहिर भएकाले आज पनि उक्त प्रस्ताव पेश हुने सम्भावना छैन ।

मंसिर १३ गतेदेखि जारी काँग्रेसको केन्द्रीय समिति बैठक आज शुक्रवार पनि ११ बजे नै बस्ने भएको छ । कांग्रेसले पार्टीको विधानलाई संघीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।

पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मंसिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गरेका थिए ।