१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रामजानकी विवाह महोत्सव जनकपुरमा शुरु

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७५, शुक्रबार ०६:०२

काठमाडौं । रामजानकी विवाह पञ्चमी महोत्सव आज देखि जनकपुरमा शुरु भएको छ । विवाह पञ्चमीका कारण दर्शनार्थीहरुको विहानैदेखि जानकी मन्दिरमा भीड लागेको थियो । सात दिवसीय महोत्सवको पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको छ । सो नगर दर्शनमा रामजानकीको प्रतिकको रुपमा एक जोडा वालवालिकालाई जनकपुरधाममा घुमाइने छ ।

नगरदर्शनको कार्यक्रम आज बेलुका ४ बजे राखिएको छ । नगर दर्शनमा राम लक्ष्मणको दर्शन गर्न भीड लाग्ने गर्छन । दर्शनार्थीहरुले राम लक्ष्मणलाई फुल छर्केर स्वागतगर्ने परम्परा रहेको छ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले नगर दर्शन विवाह पञ्चमीको मुख्य आकर्षण हुने गरेको बताए ।

सात दिवसीय रामजानकी महोत्सवको क्रममा सात दिने विशेष कार्यक्रम जानकी मन्दिरले सार्वजनिक गरेको छ । सात दिनमा नगर दर्शनका अतिरिक्त फुलवारी लिला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र राम कलेवा हुने छ । रामजानकी महोत्सवका लागि जनकपुरमा पर्यटकहरुको पनि भीड बढेको छ ।