१३ बैशाख २०८१, बिहीबार
Follow Us

सई बालकृष्ण साञ्जेल साधारण तारेखमा रिहा

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७५, शुक्रबार ०६:१५

काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन सई बालकृष्ण साञ्जेल साधारण तारेखमा रिहा भएका छन् । उनलाई उच्च अदालत विराटनगरले बिहीबार साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेति ‘गोरे’ पक्राउ परेकै दिन जेठ ८ गते सञ्जेलसहित प्रहरी हिरासतमा रहेका ३० जना मध्ये २८ जनालाई जिल्ला अदालतले पूर्पक्षको लागि जेल चलान गरेको थियो । त्यसयता उनीहरु सुनसरीको झुम्का कारागारमा थुनिएका थिए ।

तर बिहीबार उच्च अदालतका विराटनगरका न्यायाधीशद्वय थीरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्लाको आदेश बदर गर्दै साधारण तारेखमा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

यसअघि अदालतले एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र पूर्व डिआइजी गोविन्द निरौला पनि साधारण तारेखमा छाडिसकेको छ ।