१३ बैशाख २०८१, बिहीबार
Follow Us

संसदमा टाइ बनाउने प्रतियोगिता सुरू

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७५, शुक्रबार ०६:३२

काठमाडौं । नेपालमा इशाइ धर्म प्रचारको लागि एशिया पेसिफिक सम्मेलन सम्पन्न भएको एक साता नबत्दै संघीय संसदले टाइ बनाउने प्रतियोगिता आयोजना गरेको छ । संसदले इशाइ धर्मको प्रतीक टाइ बाध्ने प्रतियोगिता गर्न लागेको लागेको भनेर आलोचना सुरु भएको छ ।

जिशस क्राइष्टलाइ शुलीमा झुण्डयाइएको प्रतीकको रूपमा पश्चिमा जगतमा टाइ लगाउने चलन छ । तर,नेपालको संघीय संसद जसले लामो समय दौरा सुरूवाल र ढाका टोपी लगायो अहिले उसैले टाइ बाध्ने प्रतियोगिता गर्न लागेको छ ।

गत साता भएको समिटमा सरकारको साथै संसद पनि उक्त कार्यक्रम गर्ने संस्थाको सुचीमा थियो । अहिले त्यही संसद चलाउने सचिवालयले कर्मचारी मध्ये कसले राम्रो टाइ बाध्न सक्छ भनेर प्रतियोगिता गर्न लागेको छ ।

यसको लागि मंसिर २४ गतेसम्म निवेदन दिइसक्नु पर्नेछ संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।