१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रहरीको गोली लागि गुण्डा नाइके राजन लिम्बु घाइते

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७५, शुक्रबार १४:३१

काठमाडौं । काठमाडौंको कालोपूलमा प्रहरीले गुण्डा नाइके राजन लिम्बुलाई गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै गोली प्रहार गर्दै भागेपछि प्रहरीले लिम्बुमाथि गोली चलाएको जनाएको छ ।

तिघ्रामा गोली लागेको लिम्बुको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । उनको साथवाट एक चिनियाँ पेस्तोल र त्यसमा लाग्ने चार गोली बरामद भएको महानगरीय अपराध महाशाखाले जनाएको छ । लिम्बु इटहरीमा आइएमइ लुटेर सञ्चालकलाई गोली प्रहार गरी भागेका अभियुक्त हुन् ।

उनी काठमाडौंमा लुकेर बसेको जानकारी पाएपछि प्रहरीले खोजी अभियान चलाएको थियो ।लिम्बु करिब एक दर्जन डकैती घटनाका फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ ।