१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भूपू सैनिकका सन्ततीलाई कसरी व्यवस्थापन गर्छौ ?

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७५, शुक्रबार १४:३९

काठमाडौं । गोर्खा भूतपूर्व सैनिक सङ्घले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विभिन्न कारणले बेलायतलगायत मुलुकमा आवासीय सुविधा प्राप्त गरेको गोर्खा भूतपूर्व सैनिकका सन्तानलाई वंशजका आधारमा नागरिकता लिन पाउने व्यवस्था गर्न माग गरेको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था समितिको आजको बैठकमा सङ्घका अध्यक्ष कृष्णकुमार राईको नेतृत्वमा रहेको टोलीले नेपाल र अङ्ग्रेजबीचको सम्झौताअनुसार आफूहरु नेपाली राहदानी लिएरै जागीर खान गएको हुँदा बेलायतमा जन्मिए पनि आफ्ना सन्तानलाई वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐनमा प्रावधान राख्न सुझाव दिनुभयो । अध्यक्ष राईले भन्नुभयो, “हामीले आवासीय भिसा मात्र पाएका छौँ, नेपाल र बेलायतबीचको सम्झौताअनुसार हामी त्यहाँ गएका हौँ, भूपू गोर्खाका अहिले हङ्कङमा ४५ हजार र बेलायतमा २० हजार परिवार बसोबास गर्दै आएका छन्, नागरिकताको सवालमा हाम्रा सन्ततिलाई कसरी व्यवस्थापन गर्ने हो, त्यो प्रबन्ध होस् ।”