१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस केन्द्रीय समिति बैठक

sarusaru
२२ मंसिर २०७५, शनिबार ०४:०७

प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि केन्द्रीय सदस्यले धारणा राखे । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान श्रेष्ठ, दिपक गिरी, अजयकुमार चौरसिया, किशोरसिंह राठौर, मोहनबहादुर बस्नेत तथा केन्द्रीय आमन्त्रित सदस्य आनन्द विष्ट र अमरसिंह पुनले आ–आफ्नो धारणा राखेका हुन् ।

कांग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल जारी छ । अर्काे बैठक शनिबार बिहान ९ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले प्रधानमन्त्रीले हालै एक टेलिभिजनको कार्यक्रममा व्यक्त गर्नुभएको शब्दहरूप्रति असहमति प्रकट गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणका दोषीहरूलाई कारवाहीको कठघरामा ल्याउन पनि बैठकले सरकार समक्ष माग गरेको छ ।
लोकान्तर