१४ बैशाख २०८१, शुक्रबार
Follow Us

केन्द्रिय सदस्यको कार्यविभाजन टुंग्याउन नेकपा सचिवालय बैठक

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७५, शनिबार ०६:५७

काठमाडौं । केन्द्रिय सदस्यहरुको कार्यविभाजन टुग्याउन सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । हिजो शुक्रबारका लागि तय भएको बैठक आज दिउसोका लागि सारिएको हो । दिउसो प्रधानमन्त्री कार्यालय वालुवाटारमा हुने बैठकवाट केन्द्रिय सदस्यको कार्यविभाजनसँगै तल्लो तहसम्मको एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारी छ ।

साथै स्थायी समिति बैठकमा एजेण्डा र पोलिटब्यूरो गठन पनि छलफलका कार्यसूचि छन् । बैठकमा सरकारको कामको समिक्षका साथै विवादास्पद एसिया प्यासेफिक सम्मेलनमा सरकार र पार्टीको सग्लनताको विषयले पनि बैठकमा प्रवेश पाउने अनुमान गरिएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रवीच जेठ ३ गते एकता भएको थियो । तर एकताको लामो समयसम्म पनि केन्द्रिय सदस्यको कार्यविभाजन हुन सकेको छैन भातृ संगठनसँगै तल्लो तहसम्म एकता प्रक्रिया पनि टुंगिन सकेको छैन ।