८ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेसले विधान मस्यौदामाथिको छलफल आज टुंग्याउँदै

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७५, शनिबार ०७:०१

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदामाथिको छलफल आज टुंग्याउने भएको छ । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वकोसमितिले केन्द्रिय समिति बैठकमा पेस गरेको विधान मस्यौदामाथिको छलफल आज टुंग्याउने तयारी कांग्रेसको छ । मस्यौदाका विषयमा पार्टी पदाधिकारीले आज धारणा राख्दैछन् ।

विधान मस्यौदामाथिको छलफलका क्रममा पदाधिकारी संख्या र सभापतिले मनोनयन गर्ने विषयमा कांग्रेसमा दुई किसिमको मत देखिएको छ । संस्थापन पक्ष पदाधिकारीको संख्या कम गर्नुपर्ने र निश्चित प्रतिशत सभापतिले मनोनयन गर्ने प्रावधान विधानमा राख्नुपर्ने अडानमा छन । अन्य नेताहरु भने पदाधिकारी संख्या पनि थप गर्नुपर्ने पक्षमा छ ।

विधान मस्यौदाको छलफल पछि केन्द्रिय समिति बैठकमा सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको समतिले पेस गरेको आर्थिक मस्यौदा र राजनीतिक अवधारणामाथि छलफल गर्ने तयारी छ । महासमिति बैठकमा पेश गरिने पार्टी विधान, आर्थिक मस्यौदा लगायतका विषयमा सहमति जुटाउनका लागि केही दिनदेखि कांग्रेस केन्द्रिय समिति बैठक बसिरहेको छ । कांग्रेस केन्द्रिय समिति मंसिर २८ गतेबाट शुरु हुँदैछ ।