१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बालिकामाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७५, शनिबार ०७:०३

रुपन्देही । रुपन्देहीमा पाँच बर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ । गएराती देवदह नगरपालिकाको खैरेनी बजार कि बालिका सामुहिक बलात्कारको शिकार भएकी हुन् । घरमा कोही नभएको समयमा नजिकैको टहरामा लगेर बलात्कार गरेको अवस्थामा बालिका फेला परेकी हुन् ।

बालिका बलात्कारमा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका ६ का लक्ष्मण बिक र ७ का जीवन खत्री रहेका छन् । दुबैले बलात्कार गरेको स्विकारेको र घटनामा सग्लन थप चार जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

बालिकाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको छ । सुत्केरी आमालाई बाबु माइती पुर्‍याउन गएको र घरमा कोही नभएको समयमा बालिकामाथि बलात्कार भएको हो ।