७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा सचिवलाय बैठक : चार नेताले गरे बहिष्कार

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७५, शनिबार १३:५४

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक अर्को शनिबार बस्ने भएको छ । चार शीर्ष नेताको बहिस्कारका बीच बसेको सचिवालय बैठकले २९ गते शनिबार स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठकमा चार शीर्ष नेताहरुले समयमै सचिवालय बैठक सुरु हुन नसकेको भन्दै बाहिरिए पनि अन्य सदस्यहरु भने सहभागी भए ।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा थिए ।

शनिबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक २० मिनेट ढिला भएपछि सचिवालयका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, माधवकुमार नेपाल र बामदेव गौतम बाहिरिएका थिए ।