७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए नाइजेरियाको नयाँ अध्यक्षमा बिश्ववाश पौडेल

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७५, शनिबार २२:२३

लेगोस । गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाको नयाँ अध्यक्षमा विश्ववाश पौडेल चयन भएका छन् । वर्तमान अध्यक्ष जनक बिष्ट नेपाल फर्कन लागेका कारणले बाँकी कार्यकालका लागि उनी अध्यक्षमा चयन भएका हुन्र । शनिवार सम्पन्न एनआरएनए एनसीसी नाइजेरियाको बैठकले बिश्वास पौडेललाई कार्यबाहक अध्यक्षको रुपमा काम गर्ने अधिकार प्रदान गरेको हो । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल यस अघि संघका उपाध्यक्ष थिए ।
त्यसैगरी संघले यहीँ डिसेम्बर अन्तिम साता युगान्डाको कम्पलामा आयोजना हुने तेस्रो अफ्रिका बैठकलाई अमेरिकन डलर पाच सय सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले एनआरएनए अन्तरास्ट्रिय समितीले सम्पन्न गर्न लागेको जानकी मन्दीर उज्यालो परियोजनाका लागि नाइजेरिया बट सहयोग जुटाउन सचिब अभिषेक मान सिंहलाई संयोजक तोकेको छ ।

यस अघि एनआरएनएको अन्तरास्ट्रिय समितिको एक एनसीसी एक परियोजना अन्तर्गत कैलाली ,मकवानपुर , खोटाङ , सुनसरी र रसुवामा पाच वटा जिल्लामा परियोजना सम्पन्न गरिसकेको एनसीसीले अब छैटौं परियोजना नेपालको अर्को नयाँ जिल्लामा परियोजना पहिचान गरि यथाशीघ्र सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।

संघका अध्यक्ष जनक बिष्टको सभापतित्वमा सम्पन्न बैठकमा संघका कोषाध्यक्ष हिक्मत थापा , आइसीसी महिला उप संयोजक मन थापा र आइसीसी सदस्य चिरञ्जीवी रोकाको समेत उपस्थिती थियो ।