६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन एसिया प्याशेफिक सम्मेलन आइतवार देखी शुरु

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७५, शनिबार २२:३६

हङकङ । गैरआवासीय नेपाली संघको एसिया प्याशेफिक सम्मेलन आइतवार देखी शुरु भएको छ ।

सम्मेलनमा प्रमुख अतिथिको रुपमा नेपाल सरकारको तर्फबाट कृषि मन्त्री चक्रप्राणी खनाल सहभागि छन् । कार्यक्रममा एनआरएन एसिया प्याशेफिक क्षेत्रीय संयोजक किरणविक्रम थापा, एनआरएन हङकङ अध्यक्ष एवं सम्मेलन तयारी समिति सदस्य सचिव राधिका गुरुगं (टिका), अध्यक्ष भवन भट्ट ले सम्मेलनको औपचारिक उद्घाटन गर्ने कार्यक्रमतय भएको छ ।

सम्मेलनमा संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, निवर्तमान अध्यक्ष शेष घले विशेष अतिथिको रुपमा सहभागि हुन शनिवारनै यहाँ उत्रिएका छन् ।
सम्मेलनमा विश्वभरीबाट एनआरएनएहरु सहभागि छन् ।

एनआरएन एसिया प्याशेफिक संयोजक किरण थापाका अनुसार सम्मेलनमा अहिलेसम्म एनआरएन आइसिसीको तर्फबाट उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, ओसनीय क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन युरोप क्षेत्रका क्षेत्रीय संयोजक शिवकुमार बरुवाल, एनआरएन प्रवक्ता भुषण घिमिरे, एनआरएन युवा संयोजक सुदन थापा, एनआरएन महिला उपाध्यक्ष सपिला राजभण्डारी, महिला फोरम संयोजक रजनी प्रधान, एनआरएन बेल्जियम अध्यक्ष लोकप्रसाद दाहाललगायतको सहभागिता छ ।