४ बैशाख २०८१, मंगलवार
Follow Us

आगलागीमा एकको मृत्यु

sarusaru
२३ मंसिर २०७५, आईतवार ०१:४५

काठमाडौं । आगलागीमा परी काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ टोखा नगरपालिका–३ ढलमलस्थित घरको सिँढीमा सुतिरहेको अवस्थामा गएराति करिब १२ः३० बजे आगलागीमा परी घाइते भएका एक पुरुषको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा शनिवार मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्तकको पहिचान र आगलागीका कारण नखुलेको तथा यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डिसी नेपाल