७ बैशाख २०८१, शुक्रबार
Follow Us

सिटीको पहिलो पराजय

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७५, आईतवार ०५:०७

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सिजनकै पहिलो हार व्यहोरेको छ । गएराति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग हारेको हो । घरेलु टोली चेल्सीले म्यानचेस्टर सिटीमाथि २–० को जित दर्ता गरेको हो । साबिक विजेता म्यानचेस्टर सिटी यो सिजन लिगको १६ औं खेलमा आएर पराजित भएको हो ।

चेल्सीलाई महत्वपूर्ण जित दिलाउने क्रममा एनगोलो कान्टे र डेविड लुइजले गोल गरे । ४५ औं मिनेटमा कान्टेले गोल गर्दै टिमलाई अग्रता दिलाए । ७८ औं मिनेटमा लुइजले गोल गरेपछि चेल्सी २–० ले विजयी भयो ।

हारपछि दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको १६ खेलबाट ४१ अंक छ । ऊ भन्दा १ अंक बढी ल्याएर लिभरपुल शीर्षस्थानमा छ । चौथो स्थानमा रहेको चेल्सीको ३४ अंक छ ।