११ बैशाख २०८१, मंगलवार
Follow Us

राजदुत सुवेदी शिव कल्चर सेन्टरमा

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७५, आईतवार १२:२०

अल्डरशट । बेलायतको अल्डरशटमा नेपाली समुदायले खरीद गर्न लागेको शिव मन्दिर तथा नेपाली कम्युनिटी सेण्टरको खरीद प्रक्रीया संवन्धी समाचार पत्रीकामा पढे पछि बेलायतका लागी नेपाली राजदुत महामहिम दुर्गा बहादुर सुवेदी ज्युले गहीरो चांसो लिएर खरीद गर्न लागेको भवन निरीक्षण गर्नु भएको छ । यही डिसेम्वर ८ तारीख वेलुका ५ः३० वजे परिवार सहित आउनु भएका महामहिमले भवन खरीदका वारेमा निकै सोधखोज गर्नु भयो । उहांको उत्सुकता मेटाउन उपस्थित शिव कल्चर तथा कम्युनिटी सेण्टरका अध्यक्ष रोहित गुरुङ्ग, महासचिव विक्रम भट्ठराई, कोषाध्यक्ष वाचस्पती रेग्मी, भवन खरीद संयोजक हर्क गुरुङ्ग र सल्लाहकार भीम बानियांले हाल सम्मको प्रगती यसरी दिएका थिए ।

सन् २००७ साल तिरवाटै अल्डरशट क्षेत्रमा वसोवास गर्ने केहि नेपालीहरुले यस क्षेत्रमा एउटा हिन्दु मन्दिरको आवश्यकता महसुस गरी कसरी वनाउन सकिएला भनि पहल सुरु गरेका थिए । धेरै लामो समय सम्म मन्दिरको कुनै रेखा कोर्न नसकेको संस्थाले सन २०१४ मा प्रकाश राउतको अध्यक्षता र भीम बानियाको अर्थ संकलन संयोजकत्वमा एउटा कोशे ढुंगा ठड्याउन सफल भयो । त्यो थियो त्यस दिन वसेको वैठकले उपस्थित सदस्य ज्युहरुवाट ३ वर्षे योजनामा रकम जम्मा गर्ने गरी एकलाख ३ हजार पौण्डको कवुल गरायो र सुरु भयो रकम संकलन गर्न । तर विविध कारणले विचमा आएर रकम जम्मा गर्ने काम रोकियो र योजना सफल हुन सकेको थिएन । धेरै अभियन्ताले यो ठुलो रकमको योजना भएकाले संभव छैन भनेर आशा मारेर वाटो पनि छोडे । तर केहि व्यक्ती भने यो भगवानको घर वनाउन लागेको हो एकदिन कसो नहोला भनि लागी परे । त्यो दिन यस पटक आयो ।


भगवानले आप्mनो दुत पठाए जस्तै वुद्दिष्ट कम्युनिटि सेण्टर युकेका उपाध्यक्ष तथा गोर्खा टेनिस ए््शोसियनका अध्यक्ष श्री हर्क गुरुङ्ग भवन खोजेर पुर्ण योजना सहित शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका पदाधिकारी खोज्दै आउनु भयो र भवन खरीद प्रक्रीया अगाडी वढेको छ । भवनको मुल्य तिनलाख पौण्ड रहेको छ भने हाल सम्ममा संस्थाले नगद १ लाख ३५ हजार जम्मा गरी सकेको, १ लाख ८ हजार ७२९ उठ्न बांकी रहेको देखीएको छ ।

यसरी हेर्दा अव यदि कवुल गरेका दाताले सबै रकम जम्मा गरी दिएमा ५८ हजार पौण्ड मात्र नपुग देखिएको छ । तर जव मन्दिरको भवन नै खरीद हुन लाग्यो भन्ने समाचार सुने पछि युके भरीवाटै दानविर दाताहरुले दिन दिनै रकम जम्मा गरी आप्mनो नाम चडाउदै गएकाले रकम पुरा हुने आशा गरीएको छ । यस शुभ कार्यमा हाल आएर संस्थागत रुपमा सहयोगी फानवरो साई सेण्टरले ५० हजार पौण्ड भन्दा वढी सहयोग गरेको छ । विश्वकर्मा समाज युके, स्रिजनशिल समाज युके, एशियन महिला एशोसियन युके(आमा), तमु धिं युके र ग्रेटर रशमुर नेपाली कम्युनिटी पनि सक्दो रकम जम्मा गरी सहयोग गर्न लागी परेका छन् ।

यो भवन खरीद भै सकेपछि दुई किसिमवाट संपुर्ण नेपालीहरुले प्रयोग गर्न मिल्ने छ । पहिलो यस भीत्र एउटा शिव मन्दिर र सर्वधर्म प्राथना कक्ष हुनेछ , दोश्रो मन्दिर क्षेत्र आवश्यक समयमा मात्र खोलिने हुंदा अरु समयमा हललाई सामाजिक कार्यमा प्रयोग गर्न सकिने छ ।
यो विवरण पाई सकेपछि महामहिम राजदुत दुर्गा वहादुर सुवेदी ज्युले नेपाल सरकारका तर्फवाट गर्न सकिने सबै प्रकारका सहयोग र बेलायतका नेपाली समुदायलाई यो नेपालीहरु कै गौरव र एैतिहासिक भवनका लागी सहयोग गर्न अपिल गर्ने प्रतिवध्दता समेत गर्नु भएको छ ।

भवन खरीदका सदस्य तथा सल्लाहकार भीम बानियाका अनुसार यस भवनको खरीद पछि मर्मत तथा स्थाई मन्दिर व्यवस्थापन खर्च जुटाउनका लागी आगामी २०१९ जनवरी ४,५ र ६मा नेपालका वाचन शिरोमणी श्री दिनवन्धु पोख्रेलवाट श्रीमद् भागवत र वौध्द धर्म संवन्धी वाचन गरीदैछ र यसमा पनि महामहिम राजदुत श्री दुर्गा वहादुर सुवेदी ज्यु स्वयं उपस्थित हुनुहुने भएको छ । यो कार्यक्रम भवन उद्दघाटन नभै श्रीमद् भागवत र बौध्द दर्शनका वारेमा वाचनका लागी मात्र हुनेछ भने भवनको उद्दघाटन शिव मन्दिरको पुर्ण स्थापना र मुर्तिको प्राण प्रतिस्थापन संगै भव्य समारोहका साथ पछि गरीनेछ भनिएको छ । महामहिमको भवन अवलोकनमा एनआरएनए युकेका उपाध्यक्ष्य श्री सेर वहादुर सुनार, ग्रेटर रसमुर नेपाली कम्युनिटिका अध्यक्ष श्री जीव वेलवासे र समितिका अन्य पदाधिकारी समेतको उपस्थीति रहेको थियो ।

– भीम बानिया, तस्वीर रोहित गुरुंग

– बाचस्पति रेग्मी