८ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस शिकार खाएर सुतेको बाघ : एमाले अध्यक्ष ओली

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७३, आईतवार १४:१३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसलाई सिकार खाएर सुतेको बाघको संज्ञा दिएका छन् । उनले देशको सबैभन्दा ठूलो पार्टी भएपनि कांग्रेसको कुनै नीति प्रष्ट नभएको भन्दै व्यंग्य गरेका हुन् । राजधानीमा पत्रकार गोपाल खनालद्वारा लिखित पुस्तक ‘भूराजनीति’ विमोचन गर्दै ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले विदेशी रिझाउन सरकारले मनलाग्दी सहमति र सम्झौता गरेको आरोप लगाए ।
यस्तै, माआवादी नेता नारायणकाजी श्रेष्ठले देश बाह्य शक्तिकेन्द्रमुखी भइरहेको र राजनीतिक पार्टीहरुले स्वार्थ पूरा गर्न बाह्य हस्तक्षेप स्वीकार गर्दा स्वाधीनतामाथि नै आँच आएको बताए ।
कार्यक्रममा कांगे्रस नेता रामशरण महतले परराष्ट्रनीतिमा राष्ट्रिय एकता कायम हुनु पर्ने र राष्ट्रिय हितका मामलामा एक भएर जानुपर्नेमा जोड दिए ।