१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बिश्वकै दोस्रो आग्लो बन्जी जम्प बागलुङको बलेवामा निर्माण हुँदै (फोटोफिचर)

sarusaru
२४ मंसिर २०७५, सोमबार ०२:५२

सरु पौडेल ,काठमाण्डौ – बाग्लुङ जिल्लाको बलेवा र पर्वतको कुश्मा बजार जोड्ने गरी निर्माण हुँदै गरेको बन्जी जम्प विश्वकै दोस्रो अग्लो बन्जी जम्प हो । उक्त बन्जी जम्प कालीगण्डकी नदिको माथि निर्माण हुँदै छ । उक्त बन्जी जम्प ५२० मिटर लम्बाई तथा २० मिटर उचाइमा निर्माण हुँदै छ ।उक्त बन्जीजम्पको ७५ प्रतिशत काम पूरा भइसकेको बन्जी जम्प निर्माण समितिले जनाएको छ । निर्माण कार्य सम्पन्न गर्नका लागि अनुमानित २० करोड रुपैयाँ लाग्ने उक्त बन्जी जम्प ११ जनाको लगानीमा बन्न लागेको हो । सो बन्जीजम्पले बलेवा क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा अझ बढी टेवा पुर्याउने आशा गरिएको छ ।