१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मृतकका परिवारलाई प्रवासीको सहयोग

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०७५, सोमबार १२:४७

बागलुङ । भारतको दिल्लीमा निधन हुनुभएका गलकोट नगरपालिका–७ मल्मका जीतबहादुर बस्नेतको परिवारलाई घुम्टे युवा परिवार जापानले आर्थिक सहयोग गरेको छ ।

आइतबार १३औँ दिनको पुण्यतिथि पारेर शाखा सदस्य तुलवीर थापा र वडाध्यक्ष टीकाबहादुर थापाले संयुक्त रुपमा रु छ लाख ३३ हजार ५८६ बस्नेतकी श्रीमती रत्ना, छोरा रामसहित परिवारलाई हस्तान्तरण गर्नुभएको हो । दिल्लीबाट शव ल्याउन खर्चिलो भएपछि जापानमा रहेका शुभेच्छुकले सहयोग जुटाएका थिए । बचेको रकम आमाछोराको नाममा खाता खोलेर सहकारीमा राखिएकोे छ ।

जापानमा रहेका शुभेच्छुक र इष्टमित्रले दुःखमा साथ दिएको स्वर्गीय बस्नेतका भाइ अमरले बताउनुभयो । हराएको दश वर्षपछि बस्नेतको मृत्यु भएको खबर परिवारजनले पाएका थिए । रोजगारीका लागि विसं २०६६ असारमा दिल्ली जानुभएका ५० वर्षीय बस्नेत त्यसयता सम्पर्कविहीन हुनुहुन्थ्यो । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बस्नेतको गत कात्तिक १६ गते दिल्लीको एक पुनस्र्थापना गृहमा मृत्यु भएको थियो ।