१२ बैशाख २०८१, बुधबार
Follow Us

संवैधानिक परिषद्को बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७५, मंगलवार ०६:१०

काठमाडौं । भावी प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषदको सिंहदरबारमा बस्ने बैठकवाट नयाँ प्रधानन्यायाधीसको नाम सिफारिस गर्ने तयारी छ ।

प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले यसअघि प्रधानन्यायाधीशमा अस्वीकृत भएका दिपकराज जोशी सहित चोलेन्द्र शमशेर जवराको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको छ ।

जोशी सुनुवाई समितिबाट अस्वीकृत भएकाले जबरा प्रधानन्यायाधीसमा सिफारिस हुने सम्भावना छ । प्रधानन्यायाधीशमा सिफारिसका लागि सर्वोच्च अदालतमा तीनवर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ । तीन वर्ष सर्बोच्चमा काम गरेका अहिले राणा र जोशी मात्रै छन् ।

यसअघि यही मंसिर १७ गते बैठक बसेपनि सिफारिसको निर्णय नगरी बैठक सकिएको थियो । २२ गते बोलाइएको अर्को बैठक प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा व्यस्त र प्रधानन्यायाधीश ओमप्रकाश मिश्र समेत उपत्यका बाहिर रहेका कारण बस्न सकेको थिएन ।

प्रधानन्यायाधीश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउदैछन । प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने प्रावधान संविधानमा छ ।