१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ओली नेतृत्वको सरकारले काम गर्न सकेन : कमल थापा

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७५, मंगलवार ०६:१४

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सरकार सञ्चालनको लागि महत्वपुर्ण मानिने सबै क्षेत्र राजनीतिक चपेटामा परेको बताएका छन् । सोमवार हेटौडामा आयोजित कार्यक्रममा अध्यक्ष थापाले राजनीतिक चपेटाकै कारण ओली नेतृत्वको सरकारले काम गर्न नसकेको बताएका हुन् ।

अध्यक्ष थापाले सरकार सञ्चालनको एक बर्ष नपुग्दै ओली नेतृत्वको सरकार असफल भैसकेको दावि समेत गरे । पछिल्लो समय न्यायपालिका, संवैधानिक अंग, शैक्षिक क्षेत्र पार्टीकरणको चपेटामा परेको अध्यक्ष थापाको आरोप छ ।

उनले सरकार अपराध नियन्त्रण, सुशासन कायम गर्न र राष्ट्रिय पहिचान स्थापित गर्न असफल भएको दावी पनि गरे । अध्यक्ष थापाले सरकारको गलत कार्यशैलीका कारण मुलुकमा विखण्डन र धार्मिक द्वन्दको खतरा बढेको पनि बताए ।