१३ बैशाख २०८१, बिहीबार
Follow Us

राजदूत शेर्पालाई फिर्ता बोलाउने निर्णय

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७५, मंगलवार ०६:१७

काठमाडौं । विवादास्पद राजदूत लकी शेर्पालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले अष्ट्रेलियाका लागि राजदूत रहेकी शेर्पालाई फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ ।

माओवादी कोटामा राजदूत बनेकी शेर्पालाई उनीसँगै निकट रहेर काम गर्ने सहकर्मीले मानव तस्करीको आरोप लगाएपछि उनी विवादित बनेकी हुन्।

शुक्रबार परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शेर्पाका गतिविधिबारे ब्रिफिङ गरेको र प्रधानमन्त्री ओलीले यसबारे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि जानकारी गराएका थिए।
राजदूत शेर्पालाई सरकारले स्पष्टीकरणका लागि बोलाए पनि सरकारले सोमबार उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।