१६ चैत्र २०८०, शुक्रबार
Follow Us

च्यारिटी डिनर गर्दै एनडिए युके

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७३, आईतवार १४:५०

लन्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेले आउँदो अक्टोबर २२ तारिख, शनिबारका दिन रमादा हेटल तथा कन्फरेन्स सेन्टर, केनिलवर्थ, वारविकशायरमा च्यारिटी डिनर आयोजना गर्न लागेको छ।
कार्यक्रममा माइती नेपालकी संस्थापक तथा सिएनएन हिरो अनुराधा कोइराला, विश्वमै पहिलो पटक ‘मृत मुटु’ को सफल प्रत्यारोपणमा संलग्न रहेका अष्ट्रेलियास्थित सर्जन डा. कुमुद धिताल, सगरमाथको सफल आरोहण गरेका एकजना रेनल ट्रान्सप्लानट सर्जन प्रा. क्रिस्टोफर इम्रे विशेष अतिथिको रुपमा सहभागी हुनुहुने आयोजक संस्थाले जनाएको छ। हालै सम्पन्न रियो ओलिम्पिक्समा सबैभन्दा कान्छी खेलाडीको रुपमा चिनिएकी गौरिका सिंह पनि सहभागी हुनेछिन्।
त्यसैगरी युकेस्थित नेपाली डक्टरहरुको पहिलो व्याण्ड ‘दृश्या’ तथा चर्चित नेपाली ब्याण्ड ‘दाजुभाइ’ ले पनि प्रस्तुति दिनेछन् ।
च्यारिटीबाट उठेको रकम अटिज्मरोगबाट प्रभावित बालबालिकाको हितकालागि अटिज्म केयर नेपाल सोसाचटी संस्थालाई पठाइने एसोसियसनले जनाएको छ। सोही दिन दिउँसो भर्खरै एमबीबीएस उत्तीर्ण गरेका युवा चिकित्सकहरुलाई ब्रिटेनमा उनीहरुको करियर अगाडि बढाउने संबन्धमा विभिन्न क्षेत्रका कन्सल्टेन्टहरुले परामर्श पनि प्रदान गर्नेछन।
“विगतमा जस्तै यसपटक पनि एउटा अत्यन्त मानवीय उद्देश्यकालागि हन गैरहेकेा च्यारिटी डिनरमा सहभागी हुन चिकित्सा क्षेत्रसंग संबद्ध लगायत समाजका अग्रणी व्यक्तित्वहरुलाई हामी निम्त्याउन चाहन्छौं। यो एकआपसमा परिचय गर्ने र मित्रता सुदृढ गर्ने अवसर पनि भएकाले तपाईहरुको गरिमामय उपस्थितिले हाम्रो हौसला बढाउने छ,” एसोसियसनका उपाध्यक्ष डा. शबिन जोशीले भन्नुभयो।
सन् १९८५ मा स्थापित एसोसियसनले आफ्ना सदस्यहरुको वृत्तिविकासका साथै नेपाल तथा युकेमा कल्याणकारी कामहरु पनि गर्दै आएको छ।