१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेस

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७५, मंगलवार ०९:०८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेस भएको छ। केही बेरअघि सुरु भएको बैठकमा प्रस्ताव पेस भएको हो। उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा १७ सदस्यीय समितिले राजनीतिक प्रतिवेदन तयार गरेको हो।

केन्द्रीय सदस्य नरहरि आचार्य संयोजक रहेको उपसमितिले विभिन्न क्षेत्रका विज्ञहरुको रायसहित प्रतिवेदन लेखेको थियो। आचार्य संयोजक रहेको ७ सदस्यीय कार्यदलले गत साता मूल समितिलाई राजनीतिक प्रतिवेदन बुझाएको थियो। सोमबार र मंगलबार बसेको मूल समितिले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो।

उक्त प्रतिवदेन पारित भएपछि आगामी मंसिर २८ देखि सुरु हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत हुनेछ। हिजोमात्रै सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको समितिले पेस गरेको आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित भएको थियो। महासमितिले यी प्रतिवदेन पारित गरेसँगै कांग्रेसको राजनीतिक नीति तयार हुनेछ ।