१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘संविधान संशोधनपछि मात्र राजपा सरकारमा’

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७५, मंगलवार ०९:२२

विराटनगर । राष्ट्रिय जनता पार्टी (राजप) नेपालका संयोजक राजेन्द्र महतोले शान्ति–सुरक्षा दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले हत्या, हिंसा, बलात्कारजस्ता घटना बढ्दै गए पनि दोषी पक्रन सरकार असफल भएको जिकिर गरे । उनले संविधान संशोधन नगरेसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पस्ट पारे ।

सरकारलाई दिएको समर्थनको बारेमा अब बस्ने पार्टीको बैठकमा गम्भीर छलफल हुनेछ । उनले भने, सरकार गठन भएको एकवर्ष पुग्न लाग्दा पनि आफूहरुको मागप्रति सरकार उदासिन देखियो । उनले रेशम चौधरीलगायत मधेश आन्दोलनमा पक्राउ परेका बन्दीको रिहाइ गर्न आग्रह गरे । सङ्घीय समाजवादी फोरम र राजपाबीच एकताको सम्भावना नरहेको उनले प्रष्ट पारे ।