१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘धार्मिक आस्थाले राजनीतिलाई दिगो र जीवन्त बनाउँछ’

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७५, मंगलवार ११:५७

जनकपुर । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारत राजनीतिक रुपमा सार्वभौम भएपनि सांस्कृतिक तथा धार्मिक आस्थाका हिसाबले एक भएको बताएका छन् । निजी क्षेत्रको एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आदित्यनाथले धार्मिक आस्था र विश्वासलाई बचाउदै दुबै राष्ट्र एकअर्काको समृद्धी र सुरक्षाको पुरक बन्नुपर्ने बताएका हुन् ।

रामजानकी विवाह महोत्सब भारत र नेपालको सम्बन्ध तथा मित्रतालाई जिवन्त बनाउने अवसर भएको उनको दाबी थियो । राजनीति र धर्म एक अर्काका पुरक भएको भन्दै योगी आदित्यनाथले धार्मिक आस्थाले राजनीतिलाई दिगो र जिवन्त बनाउने दाबी गरे ।

भारत र नेपालबीचको सम्बन्धलाई नयाँ उचाई दिनुपर्नेमा जोड दिएका योगी आदित्यनाथ नेपालको विकासमा भारत सारथी बन्ने विश्वास व्यक्त गरेका छन् । भारतीय जनता पार्टीमाथी लागेको धार्मिक पार्टीको आरोपलाई खण्डन गर्दै योगी आदित्यनाथले सत्ता उपभोगमा नभई देश र जनताको हितमा काम गर्ने दिर्घकालिन सोचले भारतिय जनता पार्टीको उदय भएको बताए ।