८ बैशाख २०८१, शनिबार
Follow Us

तीन वटा गिनिज वर्ल्ड रेकर्ड राख्ने नेपाली (भिडियो)

नेपालब्रिटेन डट कम्
२५ मंसिर २०७५, मंगलवार १९:०८

गिनिज वर्ल्ड रेकर्ड राख्नु चानचुने कुरा पक्कै होइन। अझ ३ वटा विषयमा रेकर्ड राख्नु भनेको सपना जस्तै हो। त्यही सपनालाई बिपनामा परिणत गरिदिएका छन् कराते खेलाडी उज्वल ठकुरीले।

कडा मिहिनेत, उच्च मनोबल र उत्तिकै जोखिम मोलेर मात्रै ३ वटा गिनिज वर्ल्ड रेकर्ड सम्भव भएको हो । काठमाडौँमा जन्मिएका ठकुरी हाल अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्छन।

उनले पहिलो पटक दुई विधामा खुट्टा फारेर (फांग गरेर) अधिक भार उठाई गिनिज वर्ल्ड रेकर्ड राखेका थिए । फांग (खुट्टा फारेर ) गर्ने यस्तो विधा हो जुन कराते, उसु र तेक्वान्दोले प्रत्येक दिन कसरत गर्नै पर्छ । उक्त विधामा २ पटक पटक बिश्व किर्तिमान राखेका थिए ।

यसपटक भने ठकुरीले बेढंग लडाई (रफ फाइट)मा रेकर्ड राखेका हुन्। उनले ३ मिनेटमा १ सय ८० घुडा प्रहार गर्ने लक्ष्यका साथ् अभ्यासमा जुटेका थिए। तर उनी २ सय २६ घुँडा प्रहार गर्न सफल भए। ठकुरीले १ किलो वजन समेत बोकेर ३ मिनेट मा २ सय २६ चोटी प्रहार गर्न सफल भए । यो किर्तिमान भारतका ग्रान्ड मास्टरका नाममा थियो । जुन अब तोडिएको छ। भारतको किर्तिमान भन्दा एक मिनेटमा ८९ घुडा प्रहार बढी हुन् गएको छ । उनले आफूले निकै मेहनत र कडा परिश्रम गरेर तेश्रो बिश्व गिनिज रेकर्ड्स कायम गर्न सफल भएको बताए ।

तेश्रो पटक गिनिज वर्ल्ड रेकर्ड बिजेता ठकुरीले भर्खर मात्र ६ डान उपाधि प्राप्त गरि अमेरिकन मरिन गोजु करातेबाट सम्मानित भएका थिए । तेश्रो किर्तिमान संगै उनले ह्याट्रिक राख्न सफल भएका छन् ।