१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेचु महतोको हत्या, लाश उखुबारीमा

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०७५, बुधबार ०६:०६

महोत्तरी । महोत्तरीमा गएराति एक किसानको हत्या भएको छ । औरही नगरपालिका दुई फुलबरियाका ४० बर्षिया बेचु महतोको हत्या भएको हो । गएराति खेतमा सिँचाईका लागि गएका महतोको शव आज विहान फेला परेको हो ।

महतोको शव घर नजिकैको उखुबारीमा हत्या गरिएको अवस्थामा फेला परेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा महतोको शव फेला परेको हो । हत्या कसले र किन गरेको हो खुल्न बाँकी रहेको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।